स्थानिय बासिन्दाले पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

