काठमाण्डौ । जय शम्भु इन्भेष्टमेन्टले आईपीओ निष्कासनको अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथौं साधारण सभा आगामी मंसिर २२ गते शनिबारका दिन काठमाण्डौमा रहेको लिसारा रेष्टुरेन्ट एण्ड थकाली किचेनमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आयोजना हुनेछ ।
उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रेितवदेन पारित गर्नुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछन् ।
यस्तै सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, सञ्चालक समीतिको निर्वाचन गर्ने, कम्पनीको पूँजीवृद्धि गर्ने, र कम्पनी लाई पब्लिक कम्पनीमा रूपान्तर गरि आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।