शनिबार, श्रावण ९,२०८३ 07:56:08
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:56:08
Bizshala
Global IME Bank Limited

निगालो होटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

निगालो होटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । निगालो होटल लिमिटेडले साधारण सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।

एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको पनि सभागिता रहेको थियो ।

नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्कने यस चार तारे होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवा मार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाण्डौ, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यू टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, यस परियोजनामार्फत पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइट सहित), ३ वटा बैंक्वेट हल, ३ वटा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लब, अन्य विभिन्न विश्वस्तरीय सुविधाहरू तथा भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएका छन् । होटलले सेयर निष्काशन पश्चात् निकट भविष्यमा पोखरा, काठमाण्डौ र चितवनजस्ता प्रमुख शहरहरूमा आफ्नो सेवा विस्तार गर्ने दीर्घकालीन योजना समेत अघि सारेको कम्पनीका अध्यक्षले जानकारी दिए ।

कम्पनीका संस्थापक तथा प्रवद्र्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । 

होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा होटल सञ्चालन गरिने कम्पनीले जनाएको छ । करिब १ अर्ब रुपैयाँ लगानी रहने उक्त होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने जानकारी पनि कम्पनीले दिएको छ ।

त्यसैगरी, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भईरहेको कम्पनीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.