काठमाण्डौ । सुपर खुदी हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६.१६ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको आइपीओमा ७९ करोड २५ लाख ४० हजार रुपैयाँ बराबरको ७९ लाख २५ हजार ४०० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा बढी हो ।
कम्पनीको आइपीओमा ७ लाख ८ हजार ४९० जनाले आवेदन दिएका छन् ।
कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन १९ गते हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

