शनिबार, श्रावण ९,२०८३ 07:54:17
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:54:17
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा

आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्टले डाक्यो साधारण सभा
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भुगर्भ सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १ गते काठमाण्डौको सुन्धारामा रहेको सिटीसी मलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि कम्पनीका अध्यक्षलाई अख्तियारी प्रदान गर्ने, १००ः६० अनुपातमा हकप्रद जारी गर्ने र कम्पनीको ठेगाना परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा वित्तीय विवरणहरु अनुमोदन गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरुको बैठक भत्ता तोक्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८१ भदौ १३ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १२ करोड ६२ लाख ५० हजार रुपैयाँको रु. १०० अंकित दरका १२ लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ । 

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले सर्वसाधारण र स्थानिय बासिन्दालाई आईपीओ खुलाउने छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।     

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.