मंगलवार, मंसिर ८,२०८३ 04:59:38
  • मंगलवार, मंसिर ८,२०८३ 04:59:38
Global IME Bank Limited

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ नियुक्त

Bizshala
शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ नियुक्त
New Office

काठमाण्डौ । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

यस सम्बन्धमा आयोजित एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच सेयर निष्काशन तथा बिक्री व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रतिनिधि श्री विकास चौधरी तथा सञ्चालक श्री प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit

पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल अप्रिल ३० २०२६ देखि सञ्चालन गर्दै आएको छ । भारतको प्रतिष्ठित लेमन ट्रि होटल्स समूह अन्तर्गतको कार्नेसन होटल्स प्रालिसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्राण्डअन्तर्गत सञ्चालित पाँचतारे होटलको रूपमा स्थापित भएको छ ।

होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड तथा उत्कृष्ट व्यवस्थापनमार्फत होटलले पूर्वी नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना रहेको समेत जानकारी गराएको छ ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.