बुधबार, आश्विन २८,२०८३ 09:15:32
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:15:32
Bizshala
Global IME Bank Limited

सान्भी इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

Bizshala
सान्भी इनर्जीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले यही जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३.०७ प्रतिशत अर्थात २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ५८ हजार २ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गर्न लागेको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १३ गते  र ढिलोमा जेठ २३ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.