काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले यही जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३.०७ प्रतिशत अर्थात २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।
यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ५८ हजार २ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।