बिहीबार, आश्विन १,२०८३ 05:06:27
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:06:27
Bizshala
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन आजदेखि
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

रु.१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते  र ढिलोमा माघ ६ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम जोखिमलाई जनाउँछ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ  पुस ८ गते बाँडफाँड भएको थियो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.