काठमाण्डौ । अथिति रिर्सोट एण्ड स्पा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ करोड २५ लाख रुपैयाँ बराबरको १६ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले गत माघ २० गते बोर्डमा निवदेन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।