शुक्रबार, असार १२,२०८३ 02:10:25
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:10:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
एशियन कंक्रिटोले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाण्डौ । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा प्रिमियम मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने र सर्वसाधारणलाई छुट्टाइएको सेयरमध्ये सम्बन्धित क्षेत्र र समूहलाई समेत सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै आईपीओ जारी गरेपश्चात कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आईपीओ निष्कासनका लागि थप कुनै निर्णय वा कार्य गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा गत आवका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण लगायतका अन्य विविध प्रस्तावहरु समेत पारित गरिनेछ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.