काठमाण्डौ । सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवदेन दिएको छ ।
बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।