सालपा विकास बैंकले पायो आईपीओ निष्कासनको अनुमति
काठमाण्डौ । सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।

