काठमाण्डौ । सालपा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँ दरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो ।
बोर्डले बैंकलाई यसका लागि मंसिर ८ गते अनुमति प्रदान गरेको हो । यससँगै बैंकले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।