काठमाण्डौ । होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २९ गते सुनसरीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले धितोपत्र बोर्डमा आवेदन दिई आवश्कय कानुनी प्रक्रिया पुरा गरी आईपीओ निष्कासन गर्ने भन्ने निर्णय सर्वसम्मतले पारित गरिनेछ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।