होटल गरिमाले ४० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाण्डौ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी थालेको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा जुटेको हो ।यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

