शुक्रबार, श्रावण २९,२०८३ 11:02:32
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:02:32
Bizshala
Global IME Bank Limited

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स

Prabhu Bank Limited
आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स
New Office

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।  

CG Motors

उक्त सभामा प्राथमिक सेयर निष्काशन गर्ने, प्राथमिक सेयर निष्काशनका लागि निष्कासनकर्ता कम्पनी चयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संसोधन/थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आव २०८०/८१ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्स्ताव समेत पारित हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.