बिहीबार, बैशाख ३१,२०८३ 12:06:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 12:06:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरको १० लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिकाको वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रको लागि ६० प्रतिशत अर्थात् ६ लाख कित्ता र सोही गाँउपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १ अप्रत्यक्ष प्रभावित क्षेत्रको लागि ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर स्थानीय सम्पूर्ण वडाबासी बासिन्दाहरुको लागि गत पुस ३ गतेदेखि निष्काशन खुला गरिएको थियो ।

Bizshala
New Office
CG Motors

यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरिएको थियो । वैदेशिक रोजगारीमा रहेका लागि निष्काशित आईपीओको बिक्री आवेदन गत पुस ७ गते बन्द भईसकेको छ ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
IME remit

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कुमारी बैंकको बेशीशहर शाखा, सानिमा बैंकको बेशीशहर शाखा, प्रभु बैंकको बेशीशहर शाखा, माछापुच्छ्रे बैंकको बेशीशहर शाखा,क्वहोलासोथार गाउँपालिकाको–४ कार्यालय र भुजुङ हाईड्रो पावरको काठमाण्डौ कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.