शनिबार, फाल्गुन १०,२०८१ 09:50:22
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:50:22
IME remit
Global IME Bank Limited

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Hyundai Nepal
कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

कम्पनीको कर्पोरेट कार्यालय बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने तयारी गरेको जनाएको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेको छ । कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा Good Manufacturing Practices (GMP) tyf Feed Addititives and Pre-Mixture Quality System (FAMI QS)अनुसार प्रमाणिकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ । 

हाल कम्पनीले औषधी व्यवस्था विभागबाट ६१ वटा औषधीहरुको उत्पादन स्वीकृती प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधीहरुको बिक्री वितरण प्रमाण पत्रप्राप्त गरि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यस्तै अन्य औषधीहरुको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।  

साथै, कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरुका समेत उत्पादन तथा बिक्रि वितरण गर्दै आइरहेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.