काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आवेदन दिएका छन् । बोर्डमा इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन् ।
इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ८१ लाख २५ हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको अनुमति माग गर्दै मंसिर १ गते आवेदन दिएको हो ।
सेबोनबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस्तै एनसी एग्रो टेकले १८ करोड ७५ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २४ गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबनधकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

