आईपीओ निष्कासन गर्ने तयारीमा इलेक्ट्रो पावर कम्पनी
काठमाण्डौ । इलेक्ट्रो पावर कम्पनी लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।