काठमाण्डौ । इलेक्ट्रो पावर कम्पनी लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।