Capital Market

आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा दुई कम्पनीले दिए आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आवेदन दिएका छन् । बोर्डमा इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन् ।इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ८१ लाख २५ हजार कित्ता साधारण सेयर(आईपीओ) निष्कासनको अनुमति माग गर्दै मंसिर १ गते आवेदन दिएको हो ।