काठमाण्डौ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
बैठकले सभा आगाी चैत २१ गते बिहिबारका दिन काठमाण्डौको बसुन्धारामा रहेको दियालो फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट संशोधन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिबाट नियुक्त सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गरिनेछ ।