बुधबार, भाद्र २५,२०८२ 06:53:49
  • बुधबार, भाद्र २५,२०८२ 06:53:49
Global IME Bank Limited

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

Hyundai Nepal
दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

काठमाण्डौ । जापानको सेयरबजार आजपनि नयाँ उचाईमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स १.३० प्रतिशत अर्थात ५५६ अंकले बढेर ४३ हजार २७४ विन्दुमा पुगेको छ ।  

यो उचाई हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि निक्की२२५ इन्डेक्सले रेकर्ड कायम गरेको थियो । उक्त दिन निक्की२२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा पुगेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज जापानको सेयरबजारमा रियल स्टेट, बैंकिङ र टेक्सटाइल जस्ता समूहमा बढोत्तरी आएको छ । आज योकोहामा रबर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.२९ प्रतिशतले बढेको छ । यस्तै टोकियो इलेक्ट्रिक पावर कम्पनीको सेयरमूल्य ७.१३ प्रतिशत र रेनेसिस इलेक्ट्रोनिक्स कर्पको सेयरमूल्य ६.९४ प्रतिशतले बढ्यो ।  

आज टोकियो ब्रोडर टोपिक्स इन्डेक्स पनि ०.८३ प्रतिशतले बढेर ३०९१ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

अमेरिकी केन्द्रीय बैंकले आगामी महिना ब्याजदरमा कटौती गर्नसक्ने सम्भावनाकाबीच जापान लगायत अन्य एशिया प्यासेसिक क्षेत्रका सेयरबजारमा सुधार आएको छ ।  

यस्तै आज दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि ३४.४६ अंंक, चीनको साङघाई १७.५४ हङकङको हाङसेङ ६४३ अंक र भारतको निफ्टी५० इन्डेक्स १५१ अंकले बढेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.