शनिबार, बैशाख ५,२०८३ 12:12:17
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 12:12:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

Bizshala
दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली
Shivam Cement

काठमाण्डौ । जापानको सेयरबजार आजपनि नयाँ उचाईमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स १.३० प्रतिशत अर्थात ५५६ अंकले बढेर ४३ हजार २७४ विन्दुमा पुगेको छ ।  

यो उचाई हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि निक्की२२५ इन्डेक्सले रेकर्ड कायम गरेको थियो । उक्त दिन निक्की२२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा पुगेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज जापानको सेयरबजारमा रियल स्टेट, बैंकिङ र टेक्सटाइल जस्ता समूहमा बढोत्तरी आएको छ । आज योकोहामा रबर कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.२९ प्रतिशतले बढेको छ । यस्तै टोकियो इलेक्ट्रिक पावर कम्पनीको सेयरमूल्य ७.१३ प्रतिशत र रेनेसिस इलेक्ट्रोनिक्स कर्पको सेयरमूल्य ६.९४ प्रतिशतले बढ्यो ।  

आज टोकियो ब्रोडर टोपिक्स इन्डेक्स पनि ०.८३ प्रतिशतले बढेर ३०९१ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

अमेरिकी केन्द्रीय बैंकले आगामी महिना ब्याजदरमा कटौती गर्नसक्ने सम्भावनाकाबीच जापान लगायत अन्य एशिया प्यासेसिक क्षेत्रका सेयरबजारमा सुधार आएको छ ।  

यस्तै आज दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि ३४.४६ अंंक, चीनको साङघाई १७.५४ हङकङको हाङसेङ ६४३ अंक र भारतको निफ्टी५० इन्डेक्स १५१ अंकले बढेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.