बिहीबार, श्रावण २८,२०८३ 12:34:22
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:34:22
Bizshala
Global IME Bank Limited

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

Prabhu Bank Limited
महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाएका हुन्।  

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनीसेबोनको सदस्यमा नियुक्त भएका हुन्। ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।  

सेबोन सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताए ।

यस्तै उनले बोर्डको सदयका हैसियतले पूँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए । यस्तै सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.