शनिबार, श्रावण ९,२०८३ 07:56:07
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:56:07
Bizshala
Global IME Bank Limited

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

पिस इनर्जी कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त
New Office

काठमाण्डौ । पिस इनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्झौतामा आज दुवै पक्षबीच हस्ताक्षर भएको छ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र पिस इनर्जी कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन्।

पिस इनर्जी कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने लक्ष्य राखेको छ। 

कम्पनीले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका हुँदै बहने कावेली खोलाको पानीको सदुपयोग गर्दै २८.१ मेगावाट क्षमता भएको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना हाल ६१ प्रतिशत भन्दा बढी निर्माण सम्पन्न भइसकेको छ र २०८३ कार्तिक १४ भित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.