काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न असार ३१ स्वीकृति दिएको हो ।
कम्पनीले बोर्डबाट अंकित मूल्य १०० रुपैयाँ दरको ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो ।
यससँगै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिट लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।