शनिबार, श्रावण १०,२०८२ 09:23:52
  • शनिबार, श्रावण १०,२०८२ 09:23:52
Global IME Bank Limited

मर्चेन्ट बैंकरहरुमा आइपीओ जारी गर्न प्रभु क्यापिटल मात्रै योग्य, के–के छ मापदण्ड ?

Hyundai Nepal
मर्चेन्ट बैंकरहरुमा आइपीओ जारी गर्न प्रभु क्यापिटल मात्रै योग्य, के–के छ मापदण्ड ?
Shivam Cement

काठमाण्डौ । मर्चेण्ट बैंकरहरुरमा प्रभु क्यापिटल लिमिटेड मात्रै आइपीओ निष्कासन गर्न योग्य रहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकरहरुलाई आइपीओ निष्कासन गर्ने बाटो खुला गरिदिएको छ ।  

बोर्डका अनुसार आइपीओ जारी गर्नका लागि मर्चेन्ट बैंकरको चुक्तापुँजी कम्तिमा १ अर्ब रुपैयाँ हुनुपर्ने र व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेको हुनुपर्नेछ । प्रभु क्यापिटल यी दुबै मापदण्ड गरिसकेको छ । कम्पनीले चाहेको खण्डमा आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सक्ने बोर्डले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

बोर्डका अनुसार कम्तिमा एक अर्ब चुक्तापुँजी भएको मर्चेन्ट बैंकरले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमअनुसार आइपीओ जारी गर्न सक्नेछ  

हाल ३१ वटा मर्चेन्ट बैंकर सञ्चालनमा रहेपनि २ कम्पनी मात्रै आइपीओ जारी गर्न योग्य रहेको छ । जसमा प्रभु क्यापिटल लिमिटेड र नागरिक लगानी कोष रहेका छन् । नागरिक लगानी कोष आइपीओ जारी गरी यसअघि नै नेप्सेमा सूचीकृत कम्पनी हो । प्रभु क्यापिटलले धितोपत्र व्यवसायी नियमावली बमोजिम आइपीओको प्रक्रिया अघि बढाउन सक्नेछ ।  

प्रभु क्यापिटलको चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ छ । कम्पनी सञ्चालनमा आएको १० वर्ष बढी भइसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.