प्रभु क्यापिटलले खुलामुखी योजना ल्याउँदै, साना लगानीकर्ताको हातमा इकाई पुर्याउन एसआइपी सञ्चालन गर्ने
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फण्ड सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । कम्पनीले गत चैत २७ गते ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो । क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम योजना जारी गर्न स्वीकृति पाएको...