आईतवार, भाद्र २३,२०८१ 07:31:38
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:31:38
IME remit
Global IME Bank Limited

प्रभू क्यापिटलले व्यवस्थापन गरेका म्युचुअल फण्डको प्रदर्शन राम्रो, स्मार्ट तरिकाले लगानीको दायरा बढाउने तयारी

Hyundai Nepal
प्रभू क्यापिटलले व्यवस्थापन गरेका म्युचुअल फण्डको प्रदर्शन राम्रो, स्मार्ट तरिकाले लगानीको दायरा बढाउने तयारी
Nabil Bank Limited

काठमाण्डौ । कम जोखिम र मध्यम प्रतिफल नाफा दिने योजनाका रुपमा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)अन्तर्गत सञ्चालित योजनाहरुलाई लिन सकिन्छ ।  

म्युचुअल फण्डलाई एक उपयुक्त लगानी उपकरणको रुपमा समेत प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्षयता नेपालमा सामूहिक लगानी कोषद्वारा योजनाहरुको संख्या बढ्दो छ ।  

यस्ता फण्डहरूले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल धितोपत्र बोर्डको नियमावलीअनुसार सामूहिक लगानी कोषद्वारा सञ्चालन हुने म्युचुअल फण्डहरु दुई किसिमका हुन्छन् । बन्दमुखी म्युचुअल फण्ड र खुलामुखी म्युचुअल फण्ड । तर नेपालमा अधिकांश फण्डहरु बन्दमुखी म्युचुअल फण्ड रहेका छन् ।  

नेपालमा सञ्चालित म्युचुअल फण्डहरु सबै मर्चेण्ट बैंकहरुबाट सञ्चालित छन् । यसरी नै प्रभु बैंक कोष प्रबर्द्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डअन्तर्गत दुईवटा योजनाहरु सञ्चालनमा छन् । प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्ड ।  

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली २०६७, बमोजिम ‘प्रभु सेलेक्ट फण्ड’ नेपाल धितोपत्र बोर्डबाट मिति २०७८ वैशाख १३ गते योजना  अनुमति सञ्चालन अनुमति प्राप्त गरी २०८५ जेठ १३ मा बन्द हुने गरी सञ्चालनमा आएको हो ।  

त्यस्तै, ‘प्रभु स्मार्ट फण्ड’ भने सेबोनबाट २०७९ पुष १९ गते योजना सञ्चालन अनुमति प्राप्त गरी २०८९ फागुन २९ गते बन्द हुने गरी सञ्चालनमा आएको हो । प्रभु क्यापिटल्द्वारा सञ्चालित दुईवटा फण्ड एक वर्षको अन्तरालमासञ्चालनमा आएका हुन् ।  

पछिल्लो समय सञ्चालनमा रहेका बन्दमुखी योजनाहरुको प्रतिइकाई खुद मूल्य (न्याभ) घट्दै गएको अवस्था छ । घट्दो सेयरबजारको प्रभाव म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा परेको देखिन्छ । लगानीको दायरा बढाएपनि कम्पनी छनौट राम्रो नहुँदा र सेयर बजार उकासिन नसक्दा म्युचुअल फण्डहरुको मुनाफा खस्किँदो छ ।  

म्युचुअल फण्डहरुमा अधिकांश व्यक्तिगतभन्दा बढी संस्थागत लगानीकर्ता बढी छन् । व्यक्तिगत लगानीकर्ता कम हुन जाँदा दोस्रो बजारमा फण्डहरुको खासै कारोबार भएको समेत भएको हुँदैन । सामूहिक लगानी कोषले योजना सञ्चालनमा  ल्याउँदा अंकित मूल्य १० रुपैयाँका दरले इकाई बिक्री गरेका हुन्छन् ।  

तर फण्ड दोस्रो बजारमा सूचीकृत हुने वित्तिकै फण्डको बजार मूल्य १० रुपैयाँबाट घटेर तल झरेको हुन्छ । यसको मुख्य कारण फण्डहरुको दोस्रो बजारमा खरिदबिक्री कम हुनु पनि हो ।  

बजार २८ सयको विन्दुमा हुँदा केही म्युचुअल फण्डहरु सञ्चालनमा आएर विभिन्न कम्पनीको धितोपत्रमा लगानी गरेका थिए । अहिले मार्केट ३० प्रतिशतले घट्न पुगेको छ । जसकारण केही फण्डहरुले घाटा समेत ब्यहोर्न पुगेका छन् । चालु आर्थिक वर्षको १० महिनासम्ममा सञ्चालनमा रहेको म्युचुअल फण्डहरुले समग्रमा ७३ करोड ९३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

सञ्चालनमा रहेका म्युचुअल फण्डहरुमध्ये वैशाखसम्ममा १६ वटा म्युचुअल फण्ड नाफामा छन् भने २७ वटा फण्ड घाटामा देखिएका छन् । तर प्रभु क्यापिटलबाट सञ्चालित दुईवटै म्युचुअल फण्ड वैशाख महिनासम्ममा नाफामा देखिएका छन् । जसमध्ये ‘प्रभु सेलेक्ट फण्ड’ले भने सर्वाधिक नाफा कमाएको छ।  

बैशाखसम्म प्रभु सेलेक्ट फण्डले ७ करोड १४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ भने प्रभु स्मार्ट फण्डले ६९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । तर नाफामा रहेका फण्डहरुको मुनाफा अघिल्लो महिनाको तुलनामा भने घट्न पुगेको छ । प्रभु सेलेक्ट फण्डको नाफा २१.९३ प्रतिशत र प्रभु स्मार्ट फण्डको नाफा ६०.६५ प्रतिशतले घटेको छ ।  

म्युचुअल फण्डहरुले आर्थिक वर्षभरी आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांशको रुपमा प्रतिफल वितरण गर्दै आइरहेका छन् । चालु आर्थिक वर्ष सकिन अब एक महिना बाँकी छ । तर अधिकांश फण्डहरुले घाटा ब्यहोर्दा कसरी इकाईधनीलाई प्रतिफल बाँड्छ भन्ने कुरा कौतुहुलताको विषय बन्न सक्छ । नाफामै उक्लिएका फण्डहरुको पनि मासिक रुपमा नाफा घट्दै आइरहेको छ । यस्तो अवस्थामा इकाईधनीले उत्कृष्ट प्रतिफल (रिर्टन) नपाउने हो कि भन्ने पनि जिज्ञासा हुनसक्छ ।  

तर प्रभु क्यापिटल लिमिटेडका म्युचुअल फण्ड स्किम म्यानेजर सौगात पन्त भने फण्डको नाफादर घटेपनि न्याभको आधारमा इकाईधनीले राम्रो रिटर्न पाउनसक्ने बताउँछन् ।  

‘प्रभु क्यापिटलका दुईवटै फण्डको अवस्था राम्रो छ, मासिक दरमा उक्त फण्डहरुको नाफा केही प्रतिशत घटेपनि न्याभको आधारमा इकाईधनीले राम्रै रिटर्न पाउन सक्नुहुनेछ, प्रभु क्यापिटलका फण्डहरुको न्याभ ११ रुपैयाँसम्म पुगेको थियो, यसको आधारमा पनि इकाईधनीलाई प्रतिफल दिन नसक्ने अवस्था पक्कै होइन’ उनले भने, ‘लगानी मूल्य, प्रतिफल र अन्य आय जोडेर दायित्व र अपलेखन नगरिएको तथा विविधि खर्च घटाएर बाँकी रहेको रकमलाई कुल इकाई संख्याले भाग गर्दा न्याभ निस्कन्छ, यसर्थ न्याभकै आधारमा पनि इकाईधनीले फण्डको अवस्था कस्तो छ भने थाहा पाउन सक्नुहुनेछ ।’

म्युचुअल फण्ड अल्पकालीन अवधिका लागि भन्दा पनि दीर्घकालिन अवधिका लागि बढी उपयुक्त हुने पन्तको भनाई छ । फण्डमा लगानी गर्दा कम जोखिम र तत्काल त्यति धेरै पनि लाभ नहुने पन्त बताउँछन् ।  

‘म्युचुअल फण्डमा लगानी गर्दा म्याचुरिटीका लागि उपयुक्त हुन्छ, सेयरबजारमा अन्य कम्पनीमा लगानी गर्दा वार्षिक रुपमा लाभांश पाउने नपाउने कुनै ग्यारेन्टी हुँदैन तर फण्डहरुले केही न केही प्रतिशत इकाईधनीलाई रिटर्न दिएको हुन्छ’ उनले भने, ‘फण्डको अवधि परिपक्व सम्म लगानी गर्दा इकाईधनीलाई अझ बढी फाईदा हुन्छ, वार्षिक रुपमा इकाईधनीले प्रतिफल पाएर लगानीबाट रिटर्न पाएका हुन्छन् ।’

चालु आर्थिक वर्षको १० महिनासम्ममा प्रभु क्यापिटलका दुई फण्डमध्ये प्रभु सेलेक्ट फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १०.६२ रुपैयाँ छ भने प्रभु स्मार्ट फण्डको न्याभ १०.६० रुपैयाँ छ ।  

उक्त म्युचुअल फण्डको न्याभ सोही दरमै कायम राख्न सके चालु आवको मुनाफाबाट इकाईधनीलाई राम्रै लाभांश बाँड्न सक्ने पन्त बताउँछन् । ‘फण्डहरुको वास्तविक प्रर्दशन कस्तो छ सोही आधारमै इकाईधनीले प्रतिफल पाउने हो, विशेषगरी न्याभको अवस्था हेरेर लाभांश वितरण हुन्छ’ उनले भने, ‘प्रभु क्यापिटलका फण्डहरुको न्याभ ११ रुपैयाँको हाराहारीमा छ, सोही आधारमा इकाईधनीहरुलाई ९ प्रतिशतसम्म नगद लाभांश क्यापिटलले बाँड्न सक्छ ।’

प्रभु सेलेक्ट फण्डले गत आव २०७९/८० मा आफ्ना इकाईधनीलाई ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको थियो । प्रभु स्मार्ट फण्ड गत आवबाट मात्रै सञ्चालनमा आएकाले यस आवको मुनाफाबाट मात्रै इकाईधनीलाई प्रतिफल बाँड्ने पन्तले बताए ।  

‘फण्डको बजार मूल्य १० रुपैयाँ भन्दा तल झर्दा खरिदको अवसर हो’

बन्दमुखी म्युचुअल फण्डहरु धितोपत्र दोस्रो बजारबाट खरिदबिक्री समेत गर्न सकिनेछ । तर सेयरबजारमा म्युचुअल फण्डका इकाईहरु खासै कारोबार भएका हुँदैनन् ।  

नेप्सेमा सूचीकृत म्युचुअल फण्डहरुको पार/फेस भ्यालु यतिबेला १० रुपैयाँ भन्दा कम छ । हाल प्रभु स्मार्ट फण्डको इकाईमूल्य ९ रुपैयाँ र प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ९.०१ रुपैयाँ छ ।  

दोस्रो बजारमा म्युचुअल फण्डहरुको इकाईमूल्य १० रुपैयाँ भन्दा तल मै पाउनु लगानीका लागि उचित अवसर हुन सक्ने प्रभु क्यापिटलका एमएफ स्किम म्यानेजर पन्तले बताए ।  

‘अधिकांश म्युचुअल फण्डको इकाईमूल्य अहिले पारभ्यालु भन्दा तल छ, म्युचुअल फण्डमा लगानी गर्न चाहानेहरुका लागि यो उत्कृष्ट अवसर हुन सक्छ’ उनले भने, ‘यदि कसैले प्रतिफल पाउने ग्यारेन्टीसहित लामो समयको लागि लगानी गर्न चाहानुभएको छ, भने उहाँहरुको लागि म्युचुअल फण्डको इकाईमा दोस्रो बजारबाटै खरिद गर्ने यो उपयुक्त समय पनि हुन सक्छ, अहिले ८–९ रुपैयाँबाटै इकाई खरिद गरी बाँकी रहेको अवधिभर प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ ।’  

सामूहिक लगानी कोषले कुनै पनि योजना ल्याउँदा प्रतिइकाई १० रुपैयाँका दरले फण्ड जारी गरेका हुन्छन् । १० रुपैयाँमै लगानी गरेर पनि म्युचुअल फण्डबाट २० प्रतिशतसम्म रिर्टन प्रापत गर्न सक्ने पन्त बताउँछन् ।  

‘प्रतिइकाई १० रुपैयाँ लगानी गरेका इकाईधनीले समेत फण्डमा लगानी गरेर २०–३० प्रतिशतसम्म रिटर्न पाएका हुन्छन्, अहिले फण्डहरुको इकाईमूल्य १० रुपैयाँ भन्दा कम छ, यतिबेला फण्डको इकाईमा लगानी गरेर उत्कृष्ट प्रतिफल पाउने उपयुक्त अवसर हो’ उनले भने, ‘सेयरबजारमा जानेबुझेका लगानीकर्ताले म्युचुअल फण्डको इकाई किनिरहेका छन्, प्रभु स्मार्ट फण्डको बजार मूल्य १०.०६ रुपैयाँसम्म पुगेको थियो, तर फण्डहरुको बजार मूल्य भन्दा पनि न्याभले फरक पार्छ, साथै इकाईधनीले फण्डबाट वर्षेनी प्रतिफल पाउने पाउने ग्यारेन्टीले गर्दा पनि फण्डमा लगानी गरेका हुन्छन् ।’

‘स्मार्ट ढंगबाट लगानीको दायरा बढाउनेछौं’

म्युचुअल फण्डहरूले धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् ।

धितोपत्र बोर्डको विनियमावली बमोजिम म्युचुअल फण्डहरुले एक कम्पनीको साधारण सेयरमा कुल चुक्तापुँजीको २० प्रतिशत लगानी गर्न पाउछन् । तर पछिल्लो समय म्युचुअल फण्डहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी घटाउँदै लगेका छन् ।  

लगानी गरेबमोजिम नाफा कमाउन नसक्दा अधिकांश फण्डले सेयरबजारमा गरेको लगानीको दायरा खुम्च्याएका छन् । प्रभु स्मार्ट फण्डले वैशाख महिनासम्ममा सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल ७७ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी चैत महिनाको तुलनामा ३.७३ प्रतिशतले बढी हो । चैत महिनामा फण्डको सेयरबजारमा लगानी ७४ करोड ३९ लाख रुपैयाँ थियो ।  

यता प्रभु सेलेक्ट फण्डले पनि वैशाख महिनासम्म सूचीकृत पब्लिक कम्पनीको सेयरमा ९० करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । तर यो लगानी चैत महिनाको तुलनामा २.७४ प्रतिशतले कम हो । चैतमा सो फण्डले सेयरबजारमा ९३ करोड ४१ लाख रुपैयाँ लगानी गरेको थियो ।  

उत्कृष्ट मुनाफा आर्जन गर्न प्रभु क्यापिटलका फण्डहरुले स्मार्ट ढंगबाट लगानीको दायरा बढाउँदै लैजाने पन्तले बताए । ‘सेयरबजारमा लगानी गर्नुअघि कम्पनी छनौटमा विशेष विश्लेषण गर्न आवश्यक हुन्छ, बजारमा अहिले लार्ज क्याप भएका कम्पनी भन्दा लो क्याप भएका कम्पनी बढी चलेका छन्, तर फण्डहरुले लगानी गर्दा दीर्घकालिनका लागि सोच्नुपर्ने हुन्छ, यसका लागि जोखिम कम हुने र प्रतिफल बढी पाउने खालका कम्पनी छनोट गर्नेछौं’ उनले भने, ‘योसँगै ऋणपत्र, ट्रेजरी बिल लयायत बोर्डले तोकिदिएको अन्य क्षेत्रमा समेत स्मार्ट ढंगबाट लगानीको दायरा बढाउँदै लैजानेछौं ।’

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X