आईतवार, फाल्गुन ११,२०८१ 07:14:24
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 07:14:24
IME remit
Global IME Bank Limited

प्रभु क्यापिटलका दुई फण्डको न्याभ ११ रुपैयाँमाथि, लगानी गर्दा जोखिम कम

Hyundai Nepal
प्रभु क्यापिटलका दुई फण्डको न्याभ ११ रुपैयाँमाथि, लगानी गर्दा जोखिम कम
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल) फण्डहरुको वित्तीय अवस्था खस्किँदै गइरहेको अवस्था छ । सेयरबजार घट्दा फण्डहरुको लगानी, प्रतिइकाई खुद मूल्य (न्याभ) र नाफा घट्दै गइरहेको छ ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ । सेयरबजार बढ्दा फण्डहरुको नाफा र न्याभ जस्ता सूचकाङ्कमा बृद्धि देखिन्छ भने बजार घट्दा यस्तो अवस्था घट्न पुग्छ ।  

घट्दो सेयरबजारको प्रभाव म्युचुअल फण्डहरुको वित्तीय अवस्थामा परेको देखिन्छ । लगानीको दायरा बढाएपनि कम्पनी छनौट राम्रो नहुँदा र सेयरबजार उकासिन नसक्दा फण्डहरुको मुनाफा खस्किँदो छ ।  

तर प्रभु क्यापिटल लिमिटेडका दुई म्यचुअल फण्ड प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको वित्तीय अवस्था भने सन्तोषजनक नै देखिन्छ । मासिक दरमा फण्डहरुको नाफा प्रतिशत सामान्य घटेपनि न्याभको आधारमा इकाईधनीले राम्रै रिटर्न पाउने क्यापिटलको दाबी छ ।  

क्यापिटलका फण्डहरुले गत आवको मुनाफाबाट इकाईधनीलाई राम्रै लाभांश बाँडेका छन् । जसमध्ये प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८।५० प्रतिशत नगद लाभांश वितरण गरेका छन् । म्युचुअल फण्डहरुले बाँड्ने लाभांशमा प्रभु क्यापिटलका फण्डहरुद्वारा वितरित यो लाभांश मध्यम हो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम जोखिम र मध्यम प्रतिफल नाफा दिने यो योजनाको रुपमा म्युचुअल फण्डहरुलाई लिन सकिन्छ । अल्पकालिन अवधिका लागि भन्दा दीर्घकालिन अवधिका लागि म्युचुअल फण्डमा लगानी गर्दा उपयुक्त हुने क्यापिटलको भनाई छ ।  

पछिल्लो समय बैैंकहरुको मुद्दती निक्षेपको ब्याजदर समेत घट्दो छ । यस्तो अवस्थामा एफडीमा भन्दा राम्रा अवस्था भएका म्युचुअल फण्डमा लगानी गर्दा बढी रिटर्न पाइने प्रभु क्यापिटलका म्युचुअल फण्ड स्किम म्यानेजर सौगात पन्तले बताए ।  

‘प्रभु क्यापिटलद्वारा सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको वित्तीय अवस्था सन्तोषजनक नै छ, मासिक दरमा फण्डहरुको लगानीको भ्यालु र नाफा केही घटेपनि न्याभ १० रुपैयाँभन्दा माथि नै छ यसकारण फण्डबाट इकाईधनीले आफ्नो लगानीबाट रिटर्न अवश्य पाउन सक्नुहुनेछ’ उनले भने, ‘सेयरबजार घटबढ हुँदा फण्डहरुको नाफा समेत घटबढ हुन सामान्य हो, तर यसले वर्षेनी लगानीकर्तालाई दिने लाभांशमा प्रभाव पार्दैन ।’

सञ्चालनमा रहेका म्यचुुअल फण्डहरुमध्ये प्रभु क्यापिटलका दुईवटा फण्डको वित्तीय अवस्था उत्कृष्ट नै छ । दुबै फण्डको सेयरबजारमा अर्बौ रकम भन्दा बढी लगानी रहेको छ । साथै मुद्दती निक्षेप, डिबेञ्चर÷बण्ड र राइट सेयरमा पनि फण्डहरुको लगानी छ ।  

लगानीको अवस्थाबाट उत्कृष्ट मुनाफा आर्जन गरेर योजना व्यवस्थापक टिमले लगानीकर्ता तथा इकाईधनीलाई वर्षेनी लाभांश दिने गर्छन् । हालसम्म प्रभु सेलेक्ट फण्डको खुद आम्दानी १९ करोड १४ लाख रुपैयाँ र प्रभु स्मार्ट फण्डको खुद आम्दानी १५ करोड ३६ लाख रुपैयाँ छ ।  

प्रभु क्यापिटलका फण्डहरुले धितोपत्र दर्ता भएका धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गरेका छन् ।  

मंसिर महिनासम्म प्रभु सेलेक्ट फण्डले सूचीकृत सेयरमा १ अर्ब १९ करोड र प्रभु स्मार्ट फण्डले १ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । अझ उत्कृष्ट  मुनाफा आर्जन गर्न प्रभु क्यापिटलका फण्डहरुले स्मार्ट ढंगबाट लगानीको दायरा बढाउँदे लैजाने पन्तले बताए ।  

न्याभको अवस्था कस्तो ?

लगानी मूल्य, प्रतिफल र अन्य आय जोडेर दायित्व र अपलेखन नगरिएको तथा विविध खर्च घटाएर बाँकी रहेको रकमलाई कुल इकाई संख्याले भाग गर्दा न्याभ निस्कन्छ, यसर्थ न्याभकै आधारमा पनि फण्डको अवस्था थाहा पाउन सकिन्छ ।  

मंसिर महिनासम्ममा प्रभु सेलेक्ट फण्डको न्याभ ११.९४ रुपैयाँ र प्रभु स्मार्ट फण्डको न्याभ १२.११ रुपैयाँ छ । पछिल्लो समय म्युचुअल फण्डहरुको न्याभको अवस्था घट्दै गइरहेको छ । अधिकांश फण्डहरुको न्याभ १० रुपैयाँ वा सो भन्दा तल झर्दा प्रभु क्यापिटलका दुई फण्डको न्याभ भने ११ रुपैयाँमाथि छ ।  

यसले फण्डहरुको अवस्था राम्रो रहेको जनाउँछ । प्रभु क्यापिटलका दुईवटै फण्डको लगानी मूल्य तथा आय उत्कृष्ट रहेको न्याभको अवस्थाले देखाउँछ ।  

सञ्चालनमा रहेका फण्डहरुको न्याभ १० रुपैयाँ वा त्यो भन्दा तल हुँदा प्रभु क्यापिटलको फण्डको न्याभ ११ र १२ रुपैयाँ रहेको छ । यसर्थ दोस्रो बजारमा पनि फण्डहरुको इकाई मूल्य अन्य फण्डको तुलनामा उत्कृष्ट नै देखिन्छ ।  

प्रभु क्यापिटलका म्युचुअल फण्डहरुको लगानीको भ्यालु, प्रतिफल तथा आयको अवस्था राम्रो हुनुका साथै फण्डको दायित्व र खर्च कम हुँदा न्याभको अवस्था राम्रै भएको पन्तको भनाई छ । न्याभको अवस्था राम्रै भएका कारण प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डमा लगानी गर्दा भविष्यमा लगानी सुरक्षितसँगै राम्रो रिटर्न पाउने पन्त दाबी गर्छन् ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.