बुधबार, असार १७,२०८३ 06:39:48
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विवाहको मौसम सुरु भएसँगै आकाशियो सुनको भाउ, चाँदीको मूल्य हालसम्मकै उच्च

Laxmi Sunrise Bank Limited
विवाहको मौसम सुरु भएसँगै आकाशियो सुनको भाउ, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो दुई साताकै उच्च कायम भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.५१ प्रतिशत अर्थात ६२.९१ डलरले बढेको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार २१९ डलर कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

आगामी महिना अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा काटछाट गर्न सक्ने सम्भावनाका कारण सुनको माग बढ्न गई मूल्यमा बढोत्तरी देखिएको हो । न्यून ब्याजदरमा प्रायः सुनको मूल्य वृद्धि हुने गर्दछ । गत साता प्रमुख एशियाली बजारमा सुनको माग ह्वात्तै बढेको रोयटर्सले जनाएको छ । सुनको सर्वाधिक खपतकर्ता देशमध्ये एक भारतमा विवाहको मौसम सुरु भएसँगै सुनको माग बढेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै चीनमा सुनको खरिदमा लाग्दै आएको करमा छुटको व्यवस्थाले सुनप्रति चिनियाँ ग्राहकको मोह बढेको छ ।

पछिल्लो कारोबारमा चाँदीको मूल्य भने ऐतिहासिक उचाईमा पुगेको छ । चाँदीको मूल्य ६.२४ प्रतिशत अर्थात ३.३२ डलरले बढेर प्रतिऔंस ५६.७२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत एक महिनाको अवधिमा चाँदीको मूल्य १६.६ प्रतिशतले वृद्धि भईसकेको छ ।   

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.