सोमबार, फाल्गुन ४,२०८२ 01:34:19
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 01:34:19
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्याका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.