भोटेकोशी बाढीपीडितलाई सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ।बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कुल सहयोगमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट ५० लाख र कर्मचारीका तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ।

