काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि गत पुस ३ गते ३५ दिने सूचना जारी गर्दै बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिभर कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।