सोमबार, आश्विन ५,२०८३ 07:30:42
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:30:42
Bizshala
Global IME Bank Limited

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि

राष्ट्रियस्तरका ८ विकास बैंक: नम्बर वान बन्यो गरिमा, मुक्तिनाथ र साइन पछि-पछि
New Office

काठमाण्डौ । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकले बनाएको छ ।  

आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । यो बैंकले समीक्षा अवधिका लागि आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लाभांशमा कामना सेवालाई पछ्याउँदै १०.५२ प्रतिशत क्षमतासहित गरिमा विकास बैंक दोश्रो नम्बरमा देखिएको छ ।  

लाभांश क्षमताको दोश्रो नम्बरमा रहे पनि गरिमाले प्रतिसेयर आम्दानी, खूद नाफा लगायतमा सबै विकास बैंकलाई टपेको छ।

चौथो त्रैमाससम्ममा गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ, खूद नाफा ११३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ ।  

विकास बैंकमध्ये गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । मुक्तिनाथले १२७ करोड नाफा कमाउँदा इपीएस भने १८.१५ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपातको हिसाबले मुक्तिनाथ सबैभन्दा सुविधाजनक अवस्थामा देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात २.२६ प्रतिशत मात्र रहेको छ । मुक्तिनाथको लाभांश क्षमता भने ४.७१ प्रतिशत मात्र छ ।  

गरिमा र मुक्तिनाथपछि साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खूद नाफा कमाएको छ । यो बैंकको इपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ । लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ । लाभांश क्षमताको हिसाबले राष्टियस्तरका विकास बैंकमा साइन तेश्रो नम्बरमा देखिएको छ ।  

महालक्ष्मी विकास बैंकले समीक्षा अवधिमा ४७ करोड बढी नाफा कमाएको छ भने इपीएस ११.२७ रुपैयाँ, एनपीएल ४.५८ प्रतिशत र लाभांश क्षमता ४.२५ प्रतिशत रहेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा इपीएस १५.१७ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४.०८ प्रतिशत रहेको यो बैंकको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ ।  

ज्योति विकास बैंकमा सबैभन्दा धेरै खराब कर्जा थुप्रिएको देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशत, नाफा २४.६५ करोड, इपीएस ५.६१ रुपैयाँ रहेको छ । यो बैंकको वितरणयोग्य मुनाफा नेगेटिभ रहेको छ ।  

लुम्बिनी विकास बैंकले नाफा ६० करोड कमाएको छ भने यसको इपीएस १७.१६ रुपैयाँ, खराब कर्जा अनुपात ३.२९ प्रतिशत रहेको छ । यो बैंकको लाभांश क्षमता ७.४० प्रतिशत रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.