काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापतिलाई नियुक्त गरेको छ। बैंकको भदौ १९ गते बिहान ९ बजेदेखि १० बजेसम्म बसेको ३९८औँ सञ्चालक समितिको बैठकले सिजापतिलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार सिजापतिको नियुक्ति भदौ १९ गतेदेखि लागू हुने गरी चार वर्षका लागि गरिएको बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।