काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू,तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ ।
क्यालेन्डरमा क्यापिटलले दिने सेवाबारे ग्राहकहरूलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश पनि दिइएको छ ।
कम्पनीले उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।