शुक्रबार, बैशाख ४,२०८३ 05:28:36
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:28:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाफा र न्याभमा प्रभु क्यापिटलका दुवै फण्डको उत्कृष्ट प्रदर्शन, लगानीका लागि जोखिममुक्त

Bizshala
नाफा र न्याभमा प्रभु क्यापिटलका दुवै फण्डको उत्कृष्ट प्रदर्शन, लगानीका लागि जोखिममुक्त
Shivam Cement

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डले वित्तीय सूचकमा उत्कृष्ट प्रदर्शन गरेका छन् । हाल क्यापिटलका प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्ड सञ्चालनमा छन्, जुन दुबै बन्दुमुखी योजना हुन् ।  

यी दुईवटै फण्ड नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत पनि छन् । दुबैको इकाई मूल्य १० रुपैयाँ भन्दा माथि छ । पछिल्लो समय बन्दमुखी योजनाका इकाईहरुको मूल्य दोस्रो बजारमा दश रुपैयाँ भन्दा तल भर्दा प्रभु क्यापिटलका योजनाका इकाईको मूल्य भने सो भन्दा माथि नै छ ।  

यता फण्डहरुले मासिक दरमा सार्वजनिक गर्ने वित्तीय रिर्पोटमा समेत उत्कृष्ट प्रदर्शन गरेका छन् । फण्डहरुले विशेषगरी सेयरबजार, बैंक मुद्दती निक्षेप, डिबेञ्चर÷बण्ड र सार्वजनिक निष्कासन धितोपत्रमा लगानी गरेका हुन्छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रभु क्यापिटलका दुईवटै फण्डले चालु आवको माघ मसान्तसम्म यस्तो क्षेत्रमा २ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन् । जसमा प्रभु स्मार्ट फण्डले १ अर्ब ८ करोड ९२ लाख रुपैयाँ र प्रभु सेलेक्ट फण्डले १ अर्ब २७ करोड ८२ लाख रुपैयाँ यस्तो क्षेत्रमा लगानी गरेको छ ।  

लगानीको दायरा फराकिलो बनाएसँगै माघ महिनाको अन्तिमसम्म सर्वाधिक नाफा कमाउनेमा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डले सो अवधिसम्म २२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन यो अघिल्लो महिनाको तुलनामा ३३.६५ प्रतिशत बढी हो ।  

त्यस्तै, प्रभु स्मार्ट फण्डले पनि सो अवधिसम्म १७ करोड ५४ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा पनि अघिल्लो महिनाको तुलनामा ३०.८५ प्रतिशत बढी हो ।  

CG Motors
Garima Development Bank
IME remit

क्यापिटलका दुईवटै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १२ रुपैयाँमाथि छ । म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी न्याभ प्रभु स्मार्ट फण्डको रहेको छ । फण्डको न्याभ १२.४३ रुपैयाँ छ भने प्रभु सेलेक्ट फण्डको न्याभ १२.३० रुपैयाँ छ ।  

माघ महिनासम्ममा प्रभु सेलेक्ट फण्डको सेयरबजारमा लगानीको भ्यालु १ अर्ब २० करोड रुपैयाँ र प्रभु स्मार्ट फण्डको १ अर्ब ५ करोड रुपैयाँ रहेको देखिन्छ । धितोपत्र दोस्रो बजारमा प्रभु स्मार्ट फण्डको इकाई मूल्य १०.४९ रुपैयाँ छ भने प्रभु सेलेक्ट फण्डको न्याभ १०.३९ रुपैयाँ रहेको छ ।  

लगानीका लागि कति उचित ?

म्युचुअल फण्डको इकाईमा लगानी गर्दा धेरै कुरामा ध्यान दिनुपर्दछ । विशेषगरी फण्डको पछिल्लो प्रस्तुती र पोर्टफोलियो हेर्न जरुरी हुन्छ । आफुले लगानी गर्न लागेको फण्डको न्याभको अवस्था र फण्डले रिटर्न दिन सक्छ वा सक्दैन त्यो हेर्न जरुरी हुन्छ ।  

म्युचुअल फण्डमा लगानी गर्नुअघि संस्थाको पोर्टफोलियो हेर्न अनिवार्य हुन्छ । फण्डमा लगानी गरेपछि लगानीकर्ताले २० देखि ३० प्रतिशतसम्मको आशा गरेका हुन्छन्, तर यो आशा अवास्तविक हो । म्युचुअल फण्ड बजारको प्रदर्शनमा निर्भर हुन्छ ।  

सबाहेक फण्डको खर्चको विवरण पनि हेर्न आवश्यक हुन्छ । खर्च बढ्दै गएमा सम्बन्धित संस्थाले लगानीकर्तालाई रिटर्न नदिने अवस्था आउन सक्छ । तर पछिल्लो रिर्पोट हेर्दा प्रभु क्यापिटलका फण्डहरुको खर्च सामान्य र पोर्टफोलियो उत्कृष्ट देखिएको छ ।  

यसआधारमा नै फण्डहरुको वित्तीय अवस्थामा ग्रोथ हुँदै जाने हो भने क्यापिटलले फण्डका इकाईधनीहरुलाई उत्कृष्ट प्रतिफल दिन सक्नेछ । लगानीकर्ताले विशेषगरी फण्डको मुनाफाको अवस्था र फण्डको न्याभको अवस्था हेर्नुपर्दछ । यी सूचकहरुमा प्रभु क्यापिटलका दुईवटै फण्डको उत्कृष्ट प्रदर्शन देखिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.