काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निकाष्सनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत सार्वजनिक निष्कासनको तियारी गरेको हो ।
आईपीओको प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा डाकेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गते काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ जारीका लागि स्वीकृती लिने, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग र धितोपत्र दर्ताका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।