बुधबार, आश्विन २८,२०८३ 09:17:48
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:17:48
Bizshala
Global IME Bank Limited

सबैलाई पर्ने तीन कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

Bizshala
सबैलाई पर्ने तीन कम्पनीको आइपीओ आउँदै, कुनको कति ?
New Office

काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीका प्राथमिक सेयर (आइपीओ) धमाधम आउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले समेत एकपछि एक गर्दै पाइपलाइनमा रहेका कम्पनीहरुलाई आइपीओ नष्कासनको अनुमति दिन थालेको छ ।  

बोर्डले पछिल्लो समय पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिन थालेको हो ।  

एकपछि एक गर्दै विभिन्न सेक्टरका कम्पनीको आईपीओ आएपनि लगानीकर्ताहरुले १० कित्ता सेयर पाउन पनि भाग्यकै भर पर्नुपर्ने अवस्था छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार पछिल्लो समय जुनसुकै कम्पनीको आईपीओ खुलेपनि सर्वसाधारणतर्फ न्यूनतम २० लाख बढी आवेदकको आवेदन पर्ने गरेको छ ।  

आईपीओमा आवेदनको ओइरो लाग्न थालेपछि अहिले कतिपय लगानीकर्ताहरुले त आइपीओ नै भर्न छाडेका छन् । सिडिएससीका अनुसार नेपालमा ६० लाख भन्दा बढी डिम्याट खाता खुलिसकेका छन् । तीमध्ये ३० प्रतिशत भन्दा बढी खाताहरुमा एक कित्ता सेयर पनि छैनन्, जसलाई निष्क्रिय खाताको रुपमा हेर्न सकिन्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

धमाधम आईपीओ खुलेपनि कित्ता संख्या थोरै हुने भएकाले सीमित लगानीकर्ताले मात्रै सेयर पाउने गर्छन् । आईपीओमा परेको आवेदन बमोजिम ५ वा १० प्रतिशत लगानीकर्ताले मात्रै सेयर पाउछन् भने ९० वा ९५ प्रतिशत आवेदकको हात खाली हुने अवस्था पछिल्लो समय छ ।  

पछिल्लो समय कुनै पनि कम्पनीको आईपीओ खुलेको छ र तपाईले आफ्ना १० जना सदस्यीय परिवार सम्पूर्णको सेयर भर्नुभएको छ भने एक जनालाई मात्रै सेयर पाउने सम्भावना रहन्छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

तर नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा त्यस्ता कम्पनीहरु पनि छन्, जसमा ९० देखि ९५ प्रतिशत आवेदकलाई पर्ने सम्भावना देखिन्छ । यसर्थमा तपाईले १० जना सदस्य रहेको परिवार सम्पूर्णको सेयरमा आवेदन दिनुभएको खण्डमा ८ देखि ९  जनालाई पर्ने सम्भावना देखिन्छ ।  

बोर्डको पाइपलाइनमा हाइड्रो सेक्टरबाट सिउरी न्यादी पावर, उत्पादन तथा प्रशोधन सेक्टरबाट जगदम्बा स्टिल्स लिमिटेड र शुभश्री अग्नि सिमेन्ट उद्योग रहेको छ । यी कम्पनीहरुको आइपीओ भर्दा सियोर सट पर्ने सम्भावना रहन्छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.