शनिबार, श्रावण ९,२०८३ 09:33:11
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:33:11
Bizshala
Global IME Bank Limited

जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
New Office

काठमाण्डौ । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  

धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले उक्त आयोजनामा लगानी गर्न आइपीओ जारी गर्ने जनाएको छ ।  

कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँ दरको १ करोड कित्ता सेयरले हुने रकम एक अर्ब रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दा, नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु, आयोजनामा कार्यरत कर्मचारीहरु, सामुहिक लगानी कोषहरु तथा सर्वसाधारण समेतमा जारी गर्न लागेको हो ।

संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी २ अर्व ५० करोड रुपैयाँ रहने छ । कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.