जलशक्ति हाइड्रो कम्पनीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाण्डौ । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले उक्त आयोजनामा लगानी गर्न आइपीओ जारी गर्ने जनाएको छ ।

