काठमाण्डौ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासने अनुमति दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय निकाय र वैदेशिक रोजगारमा गएकाहरुका लागि आइपीओ जारी गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।