बुंगल हाइड्रोः दोस्रो त्रैमासको नाफा तेस्रोमा गायब, १०० रुपैयाँको आईपीओको बुक भ्यालु झरेर ८४ मा सीमित
काठमाण्डौ । तत्कालीन नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ परिवारको समेत लगानी रहेको बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्कासनपछि नै कमजोर वित्तीय अवस्थामा पुगेको देखिएको छ ।कम्पनीले सार्वजनिक निष्कासनअघि प्रस्तुत गरेको प्रक्षेपण र वास्तविक वित्तीय अवस्थाबीच ठूलो अन्तर देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी करिब ४९ लाख रुपैयाँ खुद...

