काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा १२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म कम्पनीको आईपीओमा १८ लाख ९ हजार ८६४ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा २ अर्ब ४ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १६ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १२ गुणा बढी आवेदन हो ।
कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।