बुधबार, असार १०,२०८३ 02:10:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:10:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुङ्गल हाइड्रोको आईपीओसहितको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
बुङ्गल हाइड्रोको आईपीओसहितको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बुङ्गल हाइड्रो लिमिटेडको आईपीओसहितको सेयर सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल ८३ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष हिमालयन क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत भदौ १६ गतेदेखि १९गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको ५३ लाख ९५ हजार कित्ता गरी जम्मा ८३ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १९ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘BUNGAL’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.८८ रुपैयाँ र ३०२.६४ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.