काठमाण्डौ । बुङ्गल हाईड्रोको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ । कम्पनीले सामूहकि लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशत अर्थात १ लाख ३ हजार ७५० कित्ता सेयरको लकइ इन अवधि चैत १ गते समाप्त हुन लागेको हो ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । जुन आईपीओ गत असोज २ गते बाँडफाँड भएको थियो ।
सर्वसाधारणलाई बाँडफाँड भएको मितिले सामूहिक लगानी कोषलाई छुट्टाइएको सेयर ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही अनरुप कम्पनीको सेयर लक इनमा रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।