काठमाण्डौ । होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष आवेदन पेश गरेको हो।
कम्पनीले फागुन ५ गते बोर्डमा आवेदन दर्ता गराउँदै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति मागेको छ। प्रस्तावित निष्कासनबाट कम्पनीले १५ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको जनाएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।