काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३० गते बुटवलमा रहेको होटल डेनेभोमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्वी गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्वीलाई समेत समावेश गरी संचालक समितिको प्रस्ताव वमोजिम कम्पनिको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने, कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली बमोजीम सर्वसाधारणमा जारी गरिने भनी छुट्याइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अंकित मुल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने र नियमनकारी निकायबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संसोधन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विेशष प्रस्ताव पारित हुनेछ ।